ताजा समाचार

माइतिघरमा बम फेला, सेनाद्वारा डिस्पोज

काठमाडाैं । राजधानीको मुख्य स्थान मानिने माइतिघर मण्डलामा बम भेटिएको छ ।

मण्डला नजिकै रहेको सेन्ट जेभियर्स कलेज अगाडी बुधबार बिहानै बम भेटिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले जनाएका छन् ।

विभिन्न आन्दोलनका कार्यक्रमहरु हुने स्थान भनेर चिनिएको चर्चित स्थान माइतिघरमा बम भेटिएपछि नेपाली सेनाको टोलीले बम निष्क्रिय गरि सकेको छ ।

तर, बम कसले राखेको भन्ने कुरा भने खुल्न सकेको छैन् । यसअघि बम राख्दा पर्चा भेटिने गरेको थियो । माइतिघर अगाडी भेटिएको बमबारे कुनै पर्चा पम्प्लेट नभेटिएको ज्ञवालीले जनाए ।

बम कसले राखेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको समेत जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org