ताजा समाचार

छोरी जन्मिएपछि श्रीमान सुत्केरी श्रीमति छाडेर भागे !

छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माइन् ।

आजको गोरखापत्र दैनिक लेख्छ, अस्पतालमा बच्चा जन्मेपछि खुसी छायो तर श्रीमान् बीरबहादुर बोहरालाई छोरी जन्मेकोमा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमती र छोरीको स्याहारसुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर लागे ।

श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान कठिन भएको छ । अस्पतालले एक दिन, दुई दिन गर्दै बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने कुरा भएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org