ताजा समाचार

थाइ एयर मार्फत प्रधानमन्त्री ओली आज स्वदेश आइपुग्ने !

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्ने भएका छन् ।

स्वास्थ्य परिक्षणका लागि गत साउत १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली आज १२ः२५ बजे थाई एयर मार्फत स्वदेश आइपुग्नेछन् ।

यसअघि आइतबार नै प्रधानमन्त्री फर्कने तय भए पनि रिपोर्ट आउन ढिला भएपछि सिंगापुरको बसाइ १ दिन लम्बिएको थियो ।

प्रधानमन्त्री ओली गत साउन १८ गते आफ्नो स्वास्थ्य परीक्षणका लागि पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्या शाहको साथमा सिंगापुर प्रस्थान गरेका थिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसअघि भारत र थाइल्यान्डमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org