ताजा समाचार

बालिका बलात्कारको आरोपमा काठमाडाैं महानगरपालिकाका स्थायी कर्मचारी पक्राउ

काठमाडाैं । बालिका बलात्कारको आरोपमा काठमाडाैं महानगरपालिकाका एकजना कर्मचारी पक्राउ परेका छन् ।

११ बर्षीय बालिका बलात्कारको आरोपमा पुजारी बाबुराजा महर्जन पक्राउ परेका हुन् । विदाको दिनको माैका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा काठमाडाैं-१७ का ५२ पुजारीलाई प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौं महानगरमा कुचिकार पदमा कार्यरत छन्। उनी कुचिकारका प्रमुख पनि हुन्।

पक्राउ परेका महर्जनलाई जबरजस्ती करणीमा आइतबार काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने आदेश लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org