ताजा समाचार

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट झण्डै १ करोड रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org