ताजा समाचार

प्रधानमन्त्री ओली उपचार गरेर फर्किए

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली उपचार पश्चात स्वदेश फिर्ता भएका छन् ।

विमानस्थलमा सवा १२ बजे ओर्लेका प्रधानमन्त्रीलाई स्वागत गर्न सर्वसाधारणदेखि नेकपाका नेताहरु पुगेका थिए । पत्रकारहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न खोज्दा उनले भने ‘केहि दिनमा थाहा पाइ हाल्नु हुन्छ नी ।’

लामो समय प्रधानमन्त्रीलाई प्रतीक्षा गरेर पत्रकार विमानस्थलमा बसेका थिए । तर, उनले पत्रकार सम्मेलन गर्न भने मानेनन् ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत नेताहरु विमानस्थलमा पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org