ताजा समाचार

प्रधानमन्त्री ओलीको चेतावनीः पद जान्छ भनेर म लगलग कामें रे, अर्को निर्वाचन सम्म कुर्ने धैर्य गराैं

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद जान लागेको भन्दै लगलग कामेको भन्ने सुनेको भन्दै अनावश्यक कुरा गरेर नबस्न चेतावनी दिएका छन् ।

जननिर्वाचित प्रतिनिधि जो कोहिको पद जाने भएकाले आफ्नो पद समेत जाने तर, अर्को यस्तो कुरा गर्नेहरुलाई आगामी निर्वाचनसम्म धैर्य गर्न आग्रह गर्न चाहन्छु । प्रधानमन्त्री ओलीले भने ।

संसदमा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीिले केहि मान्छेहरु राजतन्त्र फर्कने भन्दै अनावश्यक हल्ला गर्ने गरेको भएपनि जनताले म्याण्डेट दिएर पठाएको सरकार नडगमगाउने दाबी गरे ।

यस्तै, उनले मेलम्चीको बारेमा बोल्दै ठेकेदार कम्पनी भागेको स्मरण गर्दै सरकार नभागेको दाबी समेत गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org