ताजा समाचार

बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याम पूर्ण क्षति, बेलिब्रिज बग्यो !

रसुवा । भोटेकोसी नदीमा एक्कासी आएको बाढीले सुख्खा बन्दगाहबाट रसुवागढी जल विद्युत आयोजनातर्फ जाने बेलिब्रिज बगाएको छ ।

आइतबारदेखि आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको हेडस्ट्रोक र पेनस्टिक पाइप समेत बगाएको रसुवा जिल्ला प्रमुख अधिकारी अर्जुन भण्डारीले जनाएका छन् । आयोजनाको बाँधस्थलमा रहेको कफर ड्याम समेत पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार बाढीले बेलिब्रिज बगाएपछि सहायक बाटो अवरुद्ध बनेको छ भने, भन्सार कार्यालय टिमुरे भन्दा तल रहेको तातोपानी पुल प्रयोग गरेर आवतजावत गर्नु पर्नेपर्ने भएको हो ।

बाढीले सडक कटिङ गरिरहेको छ । तर अर्को बाटोको प्रयोग गरेर आवतजावत गर्न सकिने भएकाले समस्या भने आइनपरेको परजिअ भण्डारीले वताए ।

पावर हाउसमा क्षति हुन सक्ने र दुर्घटना हुन सक्ने भन्दै पावर कट अफ गरिएको र हिजो राती नै ३२ वटा सवारी साधनलाई सुरक्षित स्थान तर्फ सारिएको उनलेर जनाए । यस्तै, कुनै मानविय क्षति समेत नभएको र अहिले सवै मानिसहरु सुरक्षित स्थानमा स्थानान्तर गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org