ताजा समाचार

प्रधानमन्त्री ओली र नेता नेपालबीच किन चल्यो भनाभन ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीछ चर्काचर्की भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र नेता नेपालबीछ भनाभन भएको हो ।

बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्ने भन्ने प्रस्ताव आउना साथ नेता नेपाल कड्किए । प्रधानमन्त्री ओलीले आफू उपचार गर्न सिंगापुर जान लागेको र स्वास्थ्य लाभको कामना गर्न आग्रह गरे । प्रचण्डको अध्यक्षतामा बैठक बसेर सहमतिको आधारमा निर्णय गर्नुहोला भनेर भन्नसाथ नेता नेपालले कुरा उठाएपछि विवाद सुरु भएको हो ।

ओली र नेपालबीच केहि समय विवाद चलेपछि प्रधानमन्त्रीले तपाईको सुभकामना चाहिदैन । मेलाई मरोस भन्ने चाहनुहुन्छ भन्न भ्याए । यत्तिकैमा नेता नेपालले आफूले कहि कतै यस्तो बोलेको भए प्रमाण ल्याउन चुनाैति दिएर भने म कारबाही भोग्न तयार छु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org