ताजा समाचार

रवि लामिछानेसहित तीन जनालाई आज अदालत पेश गरिने

चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज अदालत पेश गरिदै छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछाने, युवराज कडेँल र रुकु कार्की (अस्मिता)लाई आज अदालत पेश गर्न लागिएको हो ।

दोस्रो पटक थप पाँच दिनको म्याद शनिबार सकिएकाले प्रहरीले अदालतमा पेस गर्ने भएको हो। घटनामा अनुसन्धान भइरहेकाले म्याद थपको माग राखेर वा मुद्दा दर्ता गरेर अदालती प्रक्रिया सुरु गर्नेबारे भने प्रहरीले केही जनाएको छैन।

लामिछानेसँगै युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई दुईपटक गरी १० दिनको म्याद लिई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिसकेको छ। लामिछाने हिरासतमै रहेका बेला प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले भेटेका छन्। रूपन्देहीमा हुने कार्यक्रममा सहभागी हुने क्रममा चितवन आएका खनालले शुक्रबार चितवन प्रहरीमा पुगेर लामिछानेलाई भेटेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org