ताजा समाचार

नेपाल एयरलायन्सले छिट्टै चीनको गोञ्जावो उडान भर्ने

काठमाडौं । नेपाल एयरलायन्सले चीनको गोञ्जावो शहरमा उडान अनुमति पाएको छ ।

आज राजधानीको आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले भने, ‘पर्यटनमन्त्री योगेश भट्टराइले चिनियाँ हवाई प्राधिकरणले बिना कुनै सुरक्षा जाँच गोञ्जावो उडान अनुमति दिएको छ निकट भविष्य मै हामी त्यस शहरमा उडान भर्नेछाैं ।’

उनले नेपाली जहाजलाई युरोपका विभिन्न देशले कालो सुचीमा राखेर अन्याय गरेको भन्दै दुःख व्यक्त गरेका छन ।

चीनले नेपाललाई अत्यन्तै सम्मानजनक रुपले उडान अनुमति दिएको भन्दै मन्त्री भट्टराईले युरोपेली राष्ट्रहरु प्रति गुनासो समेत व्यक्त गरेका छन । यस्तै, उनले नेपाल एयरलाइन्सले चीनको राजधानी बेइजिङमा समेत निकट भविष्यमै उडान सुरु गर्ने जनाए । चीन सरकारसँग निरन्तर सहकार्य भइरहेको र चीनका विभिन्न शहरमा नेपाली ध्वजाबाहक जहाजहरुले उडान भर्ने विश्वास लिएको उनले जनाए ।

पर्यटनमन्त्री  भट्टराइले नेपाल भ्रमण वर्ष २०२० लाई भव्य सफलतामा लैजानको लागि सम्पूर्ण नेपालीले साथ दिन अनुरोध समेत गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org