ताजा समाचार

भाडा छुट मात्रै होइन, भाडा पुनरावलोकन हुन्छः मन्त्री भट्टराई

चितवन । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छुट कार्यान्वयन गराएरै छाड्ने जनाएका छन् ।

निजी विमान कम्पनीहरुले जेष्ठ नागरिकलाई भाडा छुट गर्न नसकिने भनेर जवाफ फर्काएपछि मन्त्री भट्टराईले भाडा पुनरावलोकन गर्नुका साथै सरकारले ल्याएको कार्यक्रम कार्यान्वयन भएरै छाड्ने प्रतिबद्धता व्यकत गरेका छन् ।

सरकार र निजी एयरलायन्सको दायित्व भएकाले यसलाई कसैले आनाकानी गर्न नहुने भन्दै निजी विमान कम्पनीले यस्तो निर्णय गर्लान भनेर सोचेपनि नगरेपछि सरकारले गर्नु परेको उनको भनाई थियो ।

आन्तरिकतर्फको भाडादर समत समायोजन गरेर पर्यटनलाई व्यवस्थित र सहज बनाउने समेत उनले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org