ताजा समाचार

विवादित मिडिया काउन्सिल विधेयक सरकारद्वारा राष्ट्रियसभामा पेश

काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राखेको विरोधको सुचना फिर्ता लिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विधेयक पेश गरेका हुन् ।

मिडिया काउन्सिल विधेयकका बारेमा विभिन्न टिकाटिप्पणी भएपछि सरकारले ढिला गरेर विधेयक आज पेश गरेको हो । विधेयकको विरोधमा पत्रकार महासंघ समेत विरोधमा उत्रिएको थियो ।

विधेयकको बारेका परशस्त छलफल गर्न सकिने भन्दै मन्त्री बाँस्कोटाले भने, ‘यसमा काफी छलफल गर्न सक्छौं । हाम्रा विभिन्न अरु प्रंक्रिया छन्, पत्रकार महासंघसँग पनि कुरा भएको छ । प्रतिपक्षी दलका नेतासँग पनि कुरा भएको छ । यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई हामी स्वागत नै गर्छौं ।’

कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयकको प्रस्तावनामा नै मिडिया कान्सिललाई स्वायत्त निकाय स्वीकार नगरेको, पदाधिकारी नियुक्ति लगायतका विषयमा पनि स्वायत्त व्यवहार नगरिएको भन्दै विधेयक फिर्ता लिन माग गरेका थिए ।

तर सञ्चारमन्त्री बास्कोटाले यो विधेयक एउटा प्रस्तावमात्र भन्दै यसलाई समृद्ध बनाउन आउने सबै विषयलाई स्वागत गर्ने बताएपछि सांसद अधिकारीले विरोधको सूचना फिर्ता लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org