जोखिम मोलेर बढ्दै कोशोरी आमा
काठमाडाैं । कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यस्तो सन्देश दिने जिङ्गल सुने पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन । सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या भने अहिले पनि कम छैैन । सानै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै रहेको अस्पतालको तथ्याङ्कले पनि देखाउँछ ।
पनौती नगरपालिका–१० खोपासीस्थित प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्कअनुसार ६२ जनाले त्यहाँ सुत्केरी सेवा लिएकोमा १२ जना त २० वर्षभन्दा कम उमेरका किशोरी छन् ।
सो अस्पतालका इन्चार्ज जनस्वास्थ्य अधिकृत शुभाकर श्रेष्ठले भन्नुभयो, “सो स्वास्थ्य चौकीमा ग्रामीण इलाकाका महिला प्रसूति सेवा लिन आउँछन् । ग्रामीण भेगमा स्कुले शिक्षा नै पूरा नगर्ने, पढाइ छोड्ने प्रवृत्ति भएकाले पनि किशोरी उमेरमै आमा बन्नेको सङ्ख्या बढिरहेको छ ।” साथै किशोरी उमेरका गर्भवती जाँच गराउन आउँदा पर्न सक्ने शारीरिक, मानसिक र आर्थिक सबै प्रकारको समस्याका बारेमा सम्झाएर पठाउने गरेको जानकारी उहाँले दिनुभयो । राजधानीमै रहेको प्रसूति सेवा दिने मुलुककै जेठो अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको गत वर्षको तथ्याङ्कअनुसार २२ हजार १४७ जनाले प्रसूति सेवा लिएकामा दुई हजार ६८५ जना २० वर्षभन्दा कम उमेरका छन् ।
त्यति मात्र होइन, सात जना १२ देखि १४ वर्ष उमेर समूहका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
यस्तै महाराजगञ्जस्थित शिक्षण अस्पतालको तथ्याङ्कले पनि किशोरी उमेरमा आमा बन्नेको सङ्ख्या अहिले पनि कायमै रहेको देखाउँछ । गत आर्थिक वर्षमा त्यस अस्पतालमा प्रसूति सेवा लिएका पाँच हजार ९१ जनामध्ये १७० जना २० वर्षभन्दा कम उमेरका थिए । गत वर्षको भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी ९संहिता० ऐन २०७४ को पारिवारिक कानुनको परिच्छेद १ का अनुसार विवाह गर्ने उमेर केटा र केटीको २० वर्ष तोकिएको छ ।
उमेर नपुगी विवाह गर्दा कतैबाट उजुरी परे गल्तीको प्रकृति हेरी ९जबर्जस्ती वा ललाइफकाई० विवाह गराउने घरपरिवार वा नातेदारसमेतलाई कारबाही हुने अधिवक्ता राजु खड्का बताउनुहुन्छ । २० वर्ष नपुगी विवाह गर्दा केटा र केटीको मञ्जुरी नै भए पनि कानुनी रूपमा त्यसले मान्यता नपाउनेसम्मको प्रावधान रहेको अधिवक्ता खड्काको भनाइ छ । सरकारले कानुन नै बनाएर विवाह गर्ने उमेर २० वर्ष तोके पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा सानैमा विवाह गर्ने प्रवृत्तिलाई रोक्नु ठूलो चुनौती देखिएको छ ।
Comments
अरु समाचार
-
सुर्खेत बस दुर्घटनाः दुईजनाको मृत्यु, २१ घाइते
काठमाडौं । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...