ताजा समाचार

काठमाडाैंमै ग्याङ फाइटमा एक युवाको मृत्यु

काठमाडाैं । राजधानीको कपनमा ग्याङ फाइट हुँदा एक युवाको मृत्यु भएको छ ।

खोटाङ बाराहापोखारीका स्थायी बासिन्दा १८ वर्षीय सञ्जय राईको मृत्यु भएको हो । मंगलबार राति ९ बजे ग्याङ फाइटको क्रममा गम्भीर घाइते भएका राईको उपचारको क्रममा त्रिवि अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सञ्जयको मृत्युसँगै ग्याङ फाइटमा संलग्न २ युवा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परत्नेमा संखुवासभा फावाखोला ४ का प्रेम कुमार राई र इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन् ।

दुवैजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org