ताजा समाचार

बैंकिङ ठगीमा आरोपित कर्णाली प्रदेशका पूर्वमन्त्री खत्री अदालत हाजिर

काठमाडौं । कर्णाली प्रदेशका कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खडकबहादुर खत्री बैंकिङ कसुर सम्बन्धी मुद्धामा बयान दिन उच्च अदालत पाटन हाजिर भएका छन् ।

कृषि विकास बैंक भोजपुरबाट एक करोड ८० हजार बराबरको किर्ते बैंक ग्यारेन्टी पत्र पेश गरेर ठगी गरेको आरोपमा उनलाई साउन २८ गते उच्च अदालतले खत्रीलाई ३ दिनभित्र अदालतमा हाजिर गराउन आदेश दिएको थियो । तर, उनी बुधबारमात्र हाजिर भएका हुन् ।

कृषि विकास बैंकको मुख्य शाखा कार्यालयका कामु प्रबन्धक गोकुलप्रसाद पनेरुले दायर गरेको मुद्दामा खत्री प्रतिवादी बनाइएका थिए ।

उच्च अदालतका सूचना अधिकारी मोहन सुवेदीले खत्री हाजिर भएको र बयान सुरु भएको बताए । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा उनको बयान भइरहेको छ ।

पूर्वमन्त्री खत्रीसहित ५ जनाले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा बुझाएको आरोपमा उनीहरुविरुद्ध बैंकिङ कसूरको मुददा चलेको हो ।

बैंकिङ कसूरको आरोप लागेपछि खत्रीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बर्खास्त गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org