ताजा समाचार

मेलम्ची खानेपानी आयोजनामा गोली चल्यो, दुईजना घाइते

काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा आन्दोलनरतमाथी सशस्त्र प्रहरीले गोली प्रहार गरेको छ ।

आपुर्तिकर्ता र मजदुरले ढुंगामुढा गरेको भन्दै भीडलाई नियन्त्रणमा लिन भन्दै गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेका अनुसार सुरक्षाकर्मीले उनीहरुमाथि रबरको गोली र अश्रुग्यास प्रहार गरेको हो । सशस्त्रको गोलीबाट दुईजना घाइते भएका छन ।

आयोजनाको ठेक्का तोडेर फर्किएको इटालियन कम्पनी सीएमसीका निर्माण सामग्रीहरु नयाँ कम्पनीले प्रयोग गरेको थाहा पाएपछि पीडितहरु मुहान क्षेत्रमा पुगेको र त्यही समयमा प्रहरीले आफूहरुमाथि गोली चलाएको श्रेष्ठले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org