ताजा समाचार

कञ्चनपुरको बागफाँटास्थित वडाध्यक्षको कार्यकक्षमा आगजनी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडाध्यक्षको कार्यकक्षमा आगजनी भएको छ ।

आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ । बिहीबार राति अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी चौकी बागफाँटाले जनाएको छ ।

आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व नेकपाको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

मध्यरातमा आगलागी भएपनि प्रहरीले भने सुचना बिहान मात्र पाएको र अहिले आगजनी गर्नेहरुको खोजी भइरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org