ताजा समाचार

कावासोतीमा कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

छुट्टा छुट्टै दुई सवारी दुर्घटनाः अरुणखोलामा बस पल्टिँदा चालकको ज्यान गयो, ३९ घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको कावासोती नगरपालिका ०८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

बा २१ च ६४०९ नम्बरको कार र लु १ ख ८५३२ नम्बरको ट्रक ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो । खरकट्टा भन्ने स्थानमा कार र ट्रक ठोक्किँदा कारमा सवार पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने पाँच जना पुरुष रहेका छन् । भने, तीन जनाको सनाखत समेत भइसकेको छ । अन्य दुईजनाको भने सनाखत हुना बाँकी छ ।

दुर्घटनामा मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली-५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगर रहेका छन् ।

प्रहरीले कारको ढोका फोडेर गम्भीर अवस्थामा रहेका पाँचजनालाई निकालेर चितवन पठाएपनि अस्पतालले पाँचै जनालाई मृत घोषणा गरेको थियो । ठक्कट दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

स्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार दांगबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस सोमबार राति अरुणखोलामा पल्टिँदा बसका चालक हेटौंडाका लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको र अन्य ३९ जना घाइते भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org