ताजा समाचार

सभामुख महरालाई राजीनामा दिएर स्वतन्त्र छानविनमा सघाउन नेकपाको निर्देशन

सभामुख र सांसदबाट राजीनामा दिन नेकपाको महरालाई निर्देशन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरालाई पदबाट राजीनामा दिएर निष्पक्ष छानविमा सघाउन निर्देशन दिएको छ ।

महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर निष्पक्ष छानविनमा सघाउन निर्देशन दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञचार माध्यमहरुमा आएका समाचारहरु प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको छ ।’

संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । सचिवालयमा कार्यरत महिला रोशनी शाहीले सभामुख महराले बलात्कार गरेको भन्दै आरोप लगाकी हुन् ।

यो विषयमा निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा वसेको सचिवालय बैठकले सभामुख महरालाई अनुसन्धानलाई सघाउन पदबाट राजीनामा दिन निर्देशन दिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org