ताजा समाचार

सभामुख महराले दिए पदबाट राजीनामा

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उपसभामुख डा.शिबमाया तुम्बाहाङफे समक्ष राजीनामा दिएका छन् ।

राजीनामा पत्रमा सभामुख महराले लेखेका छन्, हिजोदेखि विभिन्न संचार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्नत्र छानविनका लागि अनुसन्धान गर्म सहज होस भनि नैतिकताका आधारमा आजै मितिदेखि छानविन नसकिदासम्मका लागि राजीनामा दिएको छु ।’

सभामुख महरालाई संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार गरेको आरोप लगाएकी हुन् ।

आरोप लागे लगत्तै नेकपाको सचिवालय बैठक समेत बसेको थियो भने बैठकले सभामुख महरालाई राजीनामा दिन सुझाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org