ताजा समाचार

पार्टीमा भन्दा गुटमा विश्वास बढ्यो, चितवनलाई अराजकताको केन्द्र बनाउन खोजिदैछः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेकपाको चितवन जिल्ला समितिले चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको जिकिर गरे ।

प्रचण्डले त्यस्ता प्रतिगामीहरुलाई पार्टीभित्रकै केही तत्वहरुले जान अञ्जानमा साथ दिएको पनि उनले टिप्पाणी गरे । ‘प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्छन् र आक्रमणको योजना बनाउँछन्’ अध्यक्ष प्रचण्डले भने, ‘धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ ।’

यस्तै प्रचण्डले नेकपाका नेता कार्यकर्ताहरु पार्टीमा भन्दा गुटमा विश्वास गर्ने कुराको विकास भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेकपाभित्र पार्टी अनुशासन नमान्ने प्रवृति माैलाएकोबारे संकेत गर्दै प्रचण्डले भने, राष्ट्रपति सीले तिमिहरु अराजक छाैं, स्वार्थी छाैं, गुटको कुरा मान्छाैं, पार्टी अनुशासन मान्दैनाै, पार्टीले निर्णय एउटै गर्छ तर व्यवहार अर्कै गर्छाै, निर्णय गर्दा यो उम्मेदवारलाई जिताउने भन्छाै तर अर्कैलाई जिताउछाै भन्याजस्तो भएको भन्दै यसलाई आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने बेला आएको जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org