डब्लुसीएलको पहिलो च्याम्पियन चितवन राइनोज
काठमाडौं । चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को उपाधि जितेको छ ।
बिहिबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको छ ।उपाधिसँगै चितवनले ७ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले ३ लाखमा चित्त बुझायो ।
टियु क्रिकेट मैदानमा चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो ।काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोडिन् । ममता थापा र ईश्वरी बिष्टले १३/१३ रन जोडिन् ।
काठमाडौंलाई सस्तैमा समेट्न सुमन खतिवडा र ऋतु कनोजियाले ३/३ विकेट लिईन् । रेखा रावलले २ विकेट लिईन् ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो ।
चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।यस्तै काजल श्रेष्ठले २१ तथा कन्चन श्रेष्ठले १९ रन जोडिन् । काठमाडौंकी संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १/१ विकेट लिईन् ।लिगमा चितवन अपराजित रहदै च्याम्पियन बनेको हो । लिगको चार खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको चितवनले लिग चरणको खेलमा काठमाडौंलाई ५ विकेटले हराएको थियो ।
काठमाडौंले लिगको दोस्रो स्थानमा रहदै इलिमिनेटरमा पुगेको थियो । र, इलिमिनेटरमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनल पुगेको थियो ।
क्विन्स ईभन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा पाँच शहरका पाच टिमको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...