ताजा समाचार

प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरु !

त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच

काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिकाबारेमा विभिन्न अड्कलबाजी भइरहेका बेला उनले बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसालेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सलल्लाहकार कुन्दन अर्यालका अनुसार बालुवाटारमा मन्त्रीपरिषद् बैठक सुरु भएको छ । ओलीले बैठकको अध्यक्षता गरिरहेका छन् ।

तिहारपछि बालुवाटारमा पहिलो मन्त्रीपरिषद् बैठक बसेको हो ।

यस्तै, प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा पुगेर चिकित्सकहरुसँग परामर्श गरेर फर्केका छन् ।

दुई पटक ग्राण्डी अस्पतालमा डायलासिस गरेर फर्केका ओलीको फोक्सोमा पानी जमेको पाइएको थियो । उनी आफ्नो स्वास्थ्यबारे परामर्श गर्न शिक्षण अस्पताल पुगेका हुन् । भने, उनको तेश्रो डायलासिसको तयारी भइरहेको छ ।

ओलीले मनमोहन कार्डिओ भास्कुलर तथा थोरासिक सेन्टर पुगेर स्वास्थ्य जाँच गराएपछि फोक्सोमा पानी नजमेको पाइएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org