ताजा समाचार

महिला भलिबल च्याम्पियनसिपः बंगलादेशलाई हराउदैं नेपाल फाइनलमा

काठमाडौं । बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा हिजो भएको खेलमा नेपालले किर्गिजस्तानमाथि ३–० को सहज जित निकालेको हो । नेपालले पहिलो सेट २५–१५ दोस्रो सेट २५–१९ र तेस्रो सेट २५– २० ले जित्यो ।

जितसँगै अपराजित रहेको नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । नेपालले पहिलो खेलमा अफगानिस्तानलाइ पनि ३–० कै सोझो सेटमा पराजित गरेको थियो । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत नेपालले आज आयोजक बंगलादेशसंग खेल्ने छ । एभिसि सेन्ट्रल जोन भलिबल प्रतियोगीतालाइ १३ ओ दक्षिण एसियाली खेलकुद सागको तयारीको रुपमा पनि लिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org