ताजा समाचार

विप्लवका तत्कालीन पोलिटब्युरो सदस्य गम्भीरले छाडे पार्टी

काठमाडाैं । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता कृष्ण धमला ‘गम्भीर’ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

गम्भीरले आफू स्वतन्त्र वामपन्ती भएको विज्ञप्ति जारी गर्दै पार्टी छाडेका हुन् ।

विप्लव नेतृत्वको नेकपाको पोलिटब्युरो सदस्यको जिम्मेवारी सम्हाल्न पुगेका गम्भीर केहि समय पहिलेदेखि निष्कृय रहदै आएका थिए । धमलामाथि पार्टीको गोपनीयता खोलेको आरोपमा नेकपाले कारबाही गरेको थियो ।

‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागि रहने’ उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org