ताजा समाचार

सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किए निवर्तमान मन्त्री गोकर्ण विष्ट

काठमाडाैं । निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर घर फर्किएका छन् ।

नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन मन्त्रालय पुगेका विष्ट सिहदरबार क्षेत्रभित्र हिडेर आएपछि बाटोमा चलिरहेको ट्याक्सीलाई रोकेर घर तर्फ प्रस्थान गरेका हुन् ।

जनताको काम गर्दा यस्तो किसिमको अवस्था आउन सक्छ भन्े पहिल्यै आकलन गरेका विष्टले सफल रुपमा कार्यकाल सम्पन्न गरेको समेत जनाएका छन् ।

कार्यसम्पादनको २ नम्बरमा रहेका उनी मन्त्रीबाट बाहिरिएपनि जनताको सेवामा लागिरहने जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मंसिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । जसमा बिदा हुने मन्त्रिहरुको लिस्टमा विष्ट समेत परेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org