ताजा समाचार

सिफारिस भएन सत्य निरुपण तथा बेपत्ता छानविन आयोगको पदाधिकारी

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी सिफारिस गर्न बसेको सिफारिस समितिले निर्णय गर्न नसकेर टुंगिएको छ ।

पदाधिकारीका लागि निवेदन दिएका, सिफारिस भएएका र समितिले थपेका नाममा उजुरी आह्वान गरेपछि बसेको पहिलो बैठकले कुनै निर्णय नगरेको हो ।

समितिमा दुईवटा निवेदन परेको जनाइएको छ भने,आशिषराम कार्कीले नाम फिर्ता लिन चाहेको निवेदन दिएका छन् भने अर्को मानवअधिकारकर्मी र द्वन्द्व पीडितहरुले पदाधिकारी सिफारिस प्रक्रिया नै गलत भएको भन्दै निवेदन दिएका छन् ।

निवेदनमाथि छलफल गर्नुपर्ने भएकाले अब पुनः एकदुई दिनमा बैठक बस्नेगरि आजको बैठक निर्णय नगरेरै टुंगिएको जनाइएको छ ।

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी सिफारिस गर्न सरकारले गत चैतमा नै पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति बनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org