ताजा समाचार

युवतिमाथि बलात्कार प्रयास गरेको आरोपमा मेडिसिटीका डाक्टर पक्राउ

काठमाडौं । बलात्कार प्रयासको आरोपमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्पतालमा नियमित चेकजाँचका लागि युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरले पीडित युवतीको जाहेरीपछि झालाई नियन्त्रणमा लिएको हो।
परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले ती महिलालाई उपचारको क्रममा झाले बलात्कार प्रयास गरेको बताए।
‘उहाँ नियमित जाँचका लागि आउनु भएको रहेछ,’ एसएसपी राईले भने ‘उपचारका क्रममा करणी उद्योग भएको भन्ने जाहेरी आएको हो।’

परिसरका अनुसार इन्जिनियर पेसामा आवद्ध ती युवती एउटा नाम चलेको कम्पनीमा कार्यरत छिन्। उनलाई कार्यालयले नै अन्य कर्मचारी सरह उपचारका लागि मेडिसिटी अस्पताल पठाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org