ताजा समाचार

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन ।

महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा प्रधानमन्त्री ओली भर्ना भएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था खराव देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । उनको रातभरी पेट दुखेर पखाला लागेको जनाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित स्वास्थ्य जाँचका सिलसिलामा प्रधानमन्त्रीलाई मंगलबार बिहानै अस्पताल लगिएको हो । थापाले भने ‘उहाँ अहिले अस्पतालमै हुनुहुन्छ, नियमित चेकजाँचका लागि अस्पताल जानु भएको हो ।´

यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गरिसकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org