ताजा समाचार

वडाअध्यक्षकै घरबाट विप्लवका ९ कार्यकर्ता पक्राउ

धरान । वडाअध्यक्ष कै घरबाट नौ जना विप्लव कार्यकर्ता पक्राउ परेका छन् ।

धरान १५ का वडाअध्यक्ष नरेश इबारामको घरबाट विप्लवका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रक्राउ पर्नेहरुमा कुमार ढकाल, सुवास राई, दिपेन्द्र राई, प्रविन राई, उमेश राई, पदम राई, महेन्द्र राई, उदिप रसाइली र धरानका सन्जेस राई रहेका छन् ।

मंसिर १४ गते हुन लागिरहेको उपनिर्वाचनको माहोल बिथोल्ने तयारी गरिरहेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई गएराति निराजन बस्तीबाट पक्राउ गरेको हो । पक्राउ प्रक्राउ परेकाहरुबाट पर्चा, पप्लेट, नयाँ प्रेसर कुकर, नगद रसिद, मोबाइल, दुईथान मोटर साइकल र एकलाख १२ हजार छ सय रकम समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार प्रक्राउ परेकाहरुले धरानमा व्यापारीहरु चन्दा असुली पनि गर्दै आईरहेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org