ताजा समाचार

बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भाग्ने गाडी र चालक रामेछापबाट पक्राउ

काठमाडाैं । नयाँ बानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार बा३ख ६१४ नम्बरको यात्रुबाहक बस रामेछापबाट पक्राउ गरिएको हो ।

दुर्घटनास्थलको सीसिटिभि फुटेजका आधारमा चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालकको नाम भने खुलाइएको छैन् । यद्यपी चालकले उक्त कुरा स्विकार नगरेको परिसर प्रव्ता होमिन्द्र बोगटीले जनाएका छन् । उनका अनुसार मृतक डाक्टर सडक क्रस भएको देखिएपनि सडक पारि नगएको देखिएकाले दुर्घटना गराउने गाडी किटान गरिएको जनाए ।

बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org