ताजा समाचार

प्रवेशपत्र जलाउदै मेडिकल कलेजका विद्यार्थीद्वारा भोलीदेखि हुने परिक्षा बहिकार !

काठमाडाैं । आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस तथा बिडिएसको दोस्रो चरणको परीक्षा पनि बहिष्कार गरेका छन् ।

सम्झाैताको नाममा शिक्षा मन्त्रालयले विद्यार्थीमाथि धोका दिएको भन्दै उनीहरुले परिक्षाको प्रवेशपत्र जलाएर परिक्षा बहिष्कार गर्ने निर्णय गरेका हुन् । । चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा
आन्दोलनरत विद्यार्थीमध्ये चितवन मेडिकल कलेजका विद्यार्थीले परिक्षा बहिष्कार गरेको जनाउदै प्रवेशपत्र जलाएका हुन् ।

आजदेखि सुरू हुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन् । बिहीबारदेखि भने एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो।

युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन् ।

संघर्ष समिति सदस्य मान्यता थापाले शिक्षा मन्त्रालयले विद्यार्थीलाई धोका दिएको बन्दै भोली हुने परिक्षामा परिक्षार्थी सहभागी नहुने जनाएकी छन् । निजी मेडिकल संचालक र मन्त्रालयबीच भएको सम्झाैता अमूर्त रहेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएको जनाएका छन् ।

एमबिबिएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org