ताजा समाचार

नवनिर्वाचित वलीले लिइन् प्रदेशसभा सदस्यको सपथ

बुटवल । दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनमा निर्वाचित विमला कुमारी खत्री वलीले सपथ ग्रहण गरेकी छन् ।

प्रदेश ५ प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले वलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

प्रदेश सभा सदस्य उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको प्रदेश सभा सदस्य पदमा उनकै श्रीमती विमला कुमारी खत्रीलाई नेकपाले उमेदवार बनाएको थियो ।

२४ हजार २ सय ८६ मत ल्याउँदै वली प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १ सय ४ मत अन्तरले पराजित गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org