ताजा समाचार

प्रधानमन्त्री भेट्न दोश्रो पटक राष्ट्रपति अस्पतालमा, केहिबेरमा डिस्चार्ज

काठमाडाैं । अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्रीलाई भेट्न दोश्रो पटक राष्ट्रपति आज अस्पताल पुगेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दोश्रो पटक अस्पताल पुगेकी हुन् ।

यसअघि मंसिर १२ गते अस्पतालमा भेट्न पुगेकी राष्ट्रपति आज १९ गते अस्पताल पुगेकी हुन् । प्रधानमन्त्री ओलीलाई अहिले ३ः०० बजे डिस्चार्ज हुने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आजै ३ः०० बजे डिस्चार्ज हुने जनाएका छन् ।

प्रधानमन्त्री ओलीकै आग्रहमा उनी डिस्चार्ज हुन लागेका हुन भने, उनको घाउ निको हुन केहि समय लाग्ने जनाइएको छ । सरकारी निवास बालुवाटारमा समेत प्रधानमन्त्री चिकित्सकको नियमित निगरानीमा रहनेछन् ।

प्रधानमन्त्रीको इएपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org