ताजा समाचार

राैतहटको एक हेल्थ पोस्टका इन्चार्ज सिंह बलात्कार आरोपमा पक्राउ

काठमाडाैं । महिला बलात्कारको आरोपमा राैतहटका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

चितवनको बरतपुरमा मजदुरी गरेर बस्दै आएकी ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राैतहटको यमुनामाई गाउँपालिकास्थित सरुअठा हेल्थ पोस्टका इन्चार्ज हेल्थ असिस्टेन्ट सुधिर कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

३२ वर्षीया ती महिला चितवनमा ज्याला मजदुरी गर्दै आएकी थिइन् । उनले गोरखा-गाैर चल्ने बसका सहचालकलाई गाैर घुम्न मन लागेको भनेर भनेपछि बसका सहचालक अविनाश कार्कीसँग गाैर पुगेकी थिइन् । त्यसपछि उनलाई गाैरबाट चितवन फर्काउनुपर्ने भएपछि सहचालह कार्कीले गाैर बसपार्कमा ल्याए । तर, बस पाइएन् । यसैमा स्वास्थ्य चाैकीका इन्चार्ज सिंहले मोटरसाइकलमा म बसपार्क छाडिदिन्छु भनेर लगे ।

उनले बसपार्क नलगेर स्वास्थ्य चाैकीमा लगेर बलात्कार गरेपछि बिहान बसपार्क छाडिदिए । यसपछि ती महिलाले प्रहरिमा आपू बलत्कृत भएको भनेर मोबाइल नम्बर दिएर उजुरी गरिन् । यद्यपी ती हेल्थ असिस्टेन्टको महिलालाई नाम समेत ताहा नभएको जनाकी थिइन् ।

महिलाको उजुरीपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका सहचालक कार्कीले समेत आफूलाई बलात्कार गरेको माैखिक उजुरी दिएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।

घटना गत मंसिर १८ गते रातिको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org