ताजा समाचार

दोलखाका सिडीओलाई निलम्बन गर्न अख्तियारको पत्र

काठमाडाैं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले दोलखाका सिडीओलाई निलम्बन गर्न गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।

अख्तियारद्वारा दोलखाका सिडीओ खगेन्द्रप्रसाद रिजालले सेवाग्राहीसँग घुस मागेको सुचनाको प्रारम्भिक छानविनपछि प्रमाण नष्ट हुन नदिन उनलाइ निलम्बन गर्न पत्राचार गरिएको हो ।

घुस लिएको भन्दे रिजाललाई निलम्बनको पत्र पठाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । उनका अनुसार, अब उक्त लेनदेनको घटनाको विस्तृत अनुसन्धान हुनेछ।

रिजाल यसअघि अख्तियारमै कार्यरत थिए भने सहायक प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org