चितवनमा बन्धक बनाएर देहव्यापार
चितवन । भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई देहव्यापारमा सङ्लग्न गराएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेकालाई सार्वजनिकसमेत गरेको छ ।
फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरुलाई देहव्यापारमा लगाएको पाइएको छ । वडा नं २९ मा रहेको होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्टहाउसका सञ्चालकले काठमाडौंबाट हराएका एक युवती र एक किशोरीलाई देहव्यापारमा लगाएको प्रहरीले जनाएको छ । गत कात्तिक २७ गते काठमाडौंबाट हराएका एक युवती र किशोरीलाई त्यहाँ ल्याएर देहव्यापारमा लगाइएको हो ।
काठमाडौंमा कोठा भाडा गरी बस्ने २२ वर्षीया युवती र १४ वर्षीया किशोरीलाई काठमाडौँबाट चितवनसम्म ल्याउने काम धरानकी युवतीले गरेको खुलेको छ । ती दुईलाई एउटा बन्द कोठामा राखेर देहव्यापार गराइएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उनीहरुले घरमा सन्देश पठाएपछि प्रहरीले सो होटलमा छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पटक–पटक होटलमा खानतलासी गर्दासमेत उनीहरुलाई फेला पार्न सकिएको थिएन ।
प्रहरीको निगरानीपछि उनीहरुलाई मुग्लिनतर्फ लैजाने क्रममा पक्राउ गरिएको मल्लले जानकारी दिए । उनीहरुले पक्राउपछि सोही होटलमा देहव्यापारमा लगाएको जनाएका थिए । त्यसपछि उनीहरुसहित प्रहरी होटल पुगेर हेर्दा अन्धकार कोठामा राखेर देहव्यापारमा लगाइएको पाइएको मल्लले बताए ।
प्रहरीले होटलका सञ्चालक ५० वर्षीय जङ्गबहादुर क्षेत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान उपमहानगरपालिकाकी २४ वर्षीया रेसिका राईलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमार्फत पाँच दिनको समय थप गरी अनुसन्धान शुरु गरिएको छ ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...