ताजा समाचार

भक्तपुरमा २ लाख बढी रुपैयाँसहित तास खेल्ने ७ पक्राउ

भक्तपुर । जिल्लाको दधिकोटमा प्रहरीले ७ जनालाई नगदसहित पक्राउ गरेको छ ।

गएराती भक्तपुर प्रहरीले जस्ताको टहरामा तास खेलिरहेको अवस्थामा २ लाख ८ हजार २५ नेपाली रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको हो ।

श्याम भनिने पासाङ तामाङको घरमा तास खेलीरहेको विशेष सुराकीको आधारमा भक्तपुर प्रहरीले सुर्यविनायक नगरपालिकाको दधिकोट सिम्लेबाट ४० वर्षीय पासाङ तामाङ, ५६ वर्षीय नवराज खड्का, ३६ वर्षीय सुर्य बहादुर तामाङ, ४८ वर्षीय सानू तामाङ, ४२ वर्षीय भीम बहादुर तामाङ, २८ वर्षीय अर्जुन तामाङ र ५७ वर्षीय श्याम खड्का रहेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख डीएसपी शान्तिराज कोइरालाले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org