ताजा समाचार

फागुन १४ मा स्ववियु निर्वाचन हुने

काठमाडौं । आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको तयारी थालेको हो । २०७३ मा सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीको म्याद यहि फागुन १३ गतेसम्म थपिएको थियो । दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको कार्यकाल सकिन लागेपछि निर्वाचनको तयारी थालिएको हो ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनलाका निर्देशक गंगाबहादुर थापाले ११ वर्षदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोहि दिन निर्वाचन गर्ने गरी तयारी थालिएको बताए ।

६१ आंगिकसहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तयारी सुरु गरेको निर्देशक थापाले जनाएका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org