ताजा समाचार

सातदोबाटो-रत्नपार्क-चक्रपथ मेट्रो रेलको तयार गरिँदै

काठमाडाैँ । सरकारले सातदोबाटो-रत्नपार्क-चक्रपथ मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्ने भएको छ ।

रेल विभागले पहिलोपटक काठमाडौंमा ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’को डीपीआर बनाउन लागेको हो ।

यसका लागि केही दिनमै कम्पनी छनोट भएर परामर्शदातासँग सम्झौता हुने रेल विभागका महानिर्देशक बलराम मिश्राले जानकारी दिए । उनका अनुसार छनोट हुने कम्पनीले विस्तृतमा सर्भेसहितको डिजाइन तयार गर्नेछ ।

यो परियोजनामा डीपीआरका लागि विभागले चाइना रेल्वे सियुआन एन्ड डिजाइन ग्रुप, डीओएचडुब्लुए-डीएमईसी जेभी, सिस्त्रा मेनहाडर्ट जेभी, दोम उदय जेभी, बार्सिल-युसिन-एफसीबी जेभीलाई सर्ट लिस्टमा राखेको थियो । यीनै कम्पनीमध्ये एउटाले यो परियोजनाको डीपीआर तयार गरेर सरकारलाई बुझाउनेछ ।

यो रुटमा सन् २०११ मा विभागले सम्भाब्यता अध्ययन गरिसकेको छ । कोरियन कम्पनीमार्फत मेट्रोरेलको सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसैगरी विभागले सातदोबाटोबाट खोकना र नारायणगोपालचोकबाट बूढानीलकण्ठसम्म पनि मेट्रो रेल बनाउनेबारे सम्भाब्यता अध्ययन गर्ने भएको छ । त्यसका लागि विभागले परामर्शदाता छनोटको गर्न लागेको छ । सम्भाब्यता अध्ययनपछि मात्रै यी दुई खण्डको डीपीआर तयार गर्ने प्रक्रिया अघि बढ्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org