ताजा समाचार

छोरीलाई बलात्कार गर्न खाेजेकाे आरोपमा बाबु पक्राउ

काठमाडाैँ ।  काठमाडौंको गोंगबुस्थित गणेशस्थानबाट आफ्नै छोरीलाई बलात्कार गर्न खाेजेकाे आरोपमा बाबु पक्राउ परेका छन्।

टोखा नगरपालिका वडा नम्बर ९, गोंगबु गणेशस्थान बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० घर भएका ४० वर्षीय गणेश तामाङलाई पक्राउ गरिएको हो।

उनले आफ्नै २२ वर्षीया छोरीलाई मंगलबार राति बलात्कार प्रयास गरेको आरोप लागेको छ।

अहिले आरोपित तामाङलाई महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा राखिएको छ भने पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि प्रसूतिगृह थापाथली पठाइएको प्रहरीले जानकारी दिएको छ।

राति करिब साढे १ बजे आफ्नै छोरीलाई आफ्नै कोठामा बलात्कार गर्न खोजेको भन्ने खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले आरोपित गणेशलाई पक्राउ गरेको हो।

प्रहरीले नियन्त्रणमा लिएपछि आरोपित गणेशलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्याइएको थियो।

घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org