ताजा समाचार

नेपाली कांग्रेसका नेता तथा सांसद शाहविरुद्द ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता, पक्राउको तयारीमा प्रहरी

बुटवल । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहविरुद्द ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ ।

कपिलवस्तु –३ बाट निर्वाचित सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्राले आफ्नो ज्यान मार्ने प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएका हुन् ।

सांसद शाहले पुस ५ गते आफूलाई आफ्नो घरमा बोलाएर गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुंघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राको आरोप छ ।

शाहविरुद्ध मुद्दा दर्ता भएको तर अदालतबाट पक्राउको अनुमति लिन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी सुनील मल्लले बताए । ‘आज कार्यालय बन्द भइसकेकाले भोलि (शुक्रबार) अदालतको अनुमति लिन जान्छौं, अदालतले अनुमति दिए पक्राउ गरेर अनुसन्धान गर्छौं’ डीएसपी मल्लले भने, ‘अदालतले अनुमति नदिई पक्राउ गर्न मिल्दैन ।’

advertisement
कुटपिट गर्दै गर्दा सांसद साहले बन्दुक देखाएर ज्यान मार्ने धम्कीसमेत दिएको उनको आरोप छ ।

बन्दुकको नाल मुखमा जबरजस्ती राख्दा आफ्नो दाँत नै हल्लिएको र मुखमा चोट लागेको उनले जनाउदै आएका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org