ताजा समाचार

पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई

काठमाडाैं । सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानूनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएकाे हाे ।

यसअघि गोकर्ण रिसोर्ट, दरबारमार्गलगायत स्थानका जग्गा पनि सरकारले यती समूहलाई कौडीको भाउमा दिएको खुलासा भएको थियो ।

केपी ओली ०५१ मा गृहमन्त्री हुँदा पिए बनेका पुष्प बरुवाल ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष छन् । यती समूहको लगानीमा पाथीभरामा बन्न लागेको केबलकारको सञ्चालक पनि उनै बरुवाल हुन् । केबलकार चलाउन सो कम्पनीले सरकारको ३१७ रोपनी जग्गा ८० वर्षका लागि सित्तैमा लिएको छ ।’

पाथीभराको सरकारी जग्गा सित्तैमा लिएर केबलकार सञ्चालन गर्न पाउने भएपछि यती समूहका तत्कालीन प्रबन्ध निर्देशक आङ्छिरिङ शेर्पाले गत वर्ष १५ फागुनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पाथीभरा दर्शनमा लगेको समाचारमा उल्लेख छ ।

पर्यटनमन्त्रीलाई केबलकार सञ्चालन गर्ने क्षेत्र देखाउने इच्छा शेर्पाको थियो । तर, दुर्भाग्यवश होलिकप्टर दुर्घटनामा उनीहरूको सोही क्षेत्रमा निधन भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org