ताजा समाचार

वडाध्यक्ष धामी मृत फेला, हत्याको आशंका !

अछाम । पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् ।

वडाध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार धामी मृत अवसथामा पेला परेका हुन् । उनको शव मंगलबार बिहान फेला परेको हो ।

वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेकाले अहिले नै यकिन गर्न नसकिने जनाएको छ ।

धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहको वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org