जब बिहानै अस्पतालको सटरमा डोजर चल्यो…
बुटवल । बिहीबार बिहानै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटर भत्काउन डोजर चलाइएको छ ।
प्रदेश सरकारको निर्णयअनुसार अस्पतालको स्तरोन्नतिका लागि सटरहरु भत्काउन थालिएको हो ।
एकाबिहानै सटर भत्काउन डोजर चलिरहँदा केही पसलेहरु आफ्नो सामान पोको पारेर लैजादैँ थिए भने कयौँ रमिते बनेर हेरिरहेका थिए ।
अस्पताल प्रशासनले सटर खाली गर्न बारम्बार ताकेता गर्दै आए पनि ब्यवसायीले अटेर गर्दै आएका थिए । परिणामस्वरुप बिहीबार बिहान ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सटर भत्काउन शुरु गरिएको हो ।
लुम्बिनी अञ्चल अस्पताल प्रादेशिक अस्पतालको रूपमा प्रदेश सरकारमातहत आएपछि प्रदेश सरकारले यसको स्तरोन्नति गर्ने निर्णयसँगै अस्पतालको बाहिरपट्टी भाडामा लगाइएका सटरहरू भत्काउन लागिएको हो ।
सटर खाली गर्न अस्पतालले व्यवसायीहरुलाई पत्राचार गरेपछि त्यसका विरुद्ध रुपन्देही जिल्ला अदालतमा व्यवसायीकातर्फबाट करार परिपालना गरि पाउँ भनि मुद्दा दायर गरिएको थियो ।
अदालतले प्रदेश सरकारकै पक्षमा बाटो खोलेपछि अस्पताल प्रशासनले ४८ घण्टे सूचना जारी गरेको थियो । सटर भाडामा लिएका व्यवसायीहरुले अटेर गरेपछि डोजर चलाउनु परेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका विरुद्ध २६ व्यापारी सर्वोच्च अदालतमा पुगेको व्यवसायी ज्ञान प्रसाद पौडेलले मरासेनीले रातोपाटीलाई बताए ।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पताल तथा प्रदेशको गौरवको आयोजनाको रूपमा विकास गर्न सटरहरू भत्काई मापदण्डअनुरूप नयाँ पर्खाल निर्माण गर्ने जनाएको छ ।
साविक लुम्बिनी अञ्चल अस्पताल प्रादेशिक अस्पतालको रूपमा प्रदेश सरकारमातहत आएपछि सरकारले यसको स्तरोन्नति गर्ने निर्णय गरेको हो । अस्पतलमा ७२ वटा सटर छन् ती सटरबाट भाडा बापत वार्षिक झन्डै ९ करोड आम्दानी भए पनि प्रदेश सरकारले सटरका कारणले अस्पतालमा स्वरुप बिग्रीएको भन्दै भत्काएर नयाँ संरचना बनाउने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...