ताजा समाचार

‘भ्रष्टाचारीलाई ठेगान लगाउन खोज्दासमेत सरकारको आलोचना’

काठमाडाैँ । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सरकारले भ्रष्टाचारको जालो तोडेपछि विरोध भएको बताएका छन्।

बिहीबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद बिडारीले वर्तमान सरकारले भ्रष्टाचारीलाई ठेगान लगाउन खोज्दासमेत सरकारको आलोचना गरिएको बताए।

यही सरकारको पालामा न्यायाधीश कारबाहीमा परेको, अख्तियारका प्रमुख र आयुक्तविरुद्ध नै भ्रष्टाचार मुद्दामा रहेको भन्दै यसअघि यस्ता निकायमा कस्ता व्यक्तिलाई सिफारिस गरिएको हो? भन्दै प्रश्‍न गरे। अहिले उपप्रधानमन्त्री, मन्त्री र सचिव मात्र होइन धनाड्य, उद्योगपति र प्रहरीका हाकिम, र कर्मचारी भ्रष्टाचारको मुद्दामा परेको बताए।

कारबाही नगरे खई कारबाही भन्ने र कारबाही गरे मेरो मान्छेलाई किन कारबाही गर्‍या? भन्ने गरेको उल्लेख गर्दै उनले एकथरी मान्छे सधैँ विरोधमा रहेको दाबी गरे। महान्यायाधिवक्तालाई मुद्दा चलाउने, प्रहरीलाई अनुसन्धान गर्ने र अदालतलाई स्वतन्त्ररूपमा न्याय दिने अधिकार रहेकाले अब यस्ता मुद्दाको छिनोफानो अदालतले नै गर्ने बताए।

सांसद बिडारीले सुन तस्करलाई कानुनी कठघरामा ल्याइसक्दासमेत केही मान्छे अहिले पनि ठूलो माछा खोई? भन्दै उफ्रिने गरेको भन्दै आक्रोश व्यक्त गरे।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org