ताजा समाचार

नेकपा सचिवालय बैठक : एसीसी परिमार्जनपछि मात्रै अनुमोदन गर्ने सहमति

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जन गरेर मात्रै अनुमोदन गर्ने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि परिमार्जनका पक्षमा सहमत भएका हुन्।

एमसीसी जसरी पनि पारित गर्नुपर्छ, यो नेपालको अहितमा छैन भन्ने ओली पार्टी केन्द्रीय समितिले बनाएको अध्ययन कार्यदलले प्रतिवेदन बुझाएपछि संशोधनको पक्षमा देखिएका हुन्। शुक्रबार साँझ सो कार्यदलले आफ्नो प्रतिवेदन दुबै अध्यक्षलाई बुझाएको थियो।

सचिवालय बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए। संयोजक खनालको त्यसमा रहेका गम्भीर र आपत्तिजनक कुराहरु सुनाएपछि एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने विषयमा सचिवालयमा सहमति भएको उपाध्यक्ष वामदेव गौतमले बताए।

उपाध्यक्ष गौतमले कुनै ठोस सहमति नभए पनि परिमार्जन गर्नुपर्छ भन्ने विषयमा सबैको एकमत रहेको र सबैले सो प्रतिवेदन अध्ययन गरेपछि ठोस निष्कर्षमा पुग्ने बताए।

अध्ययन कार्यदलको सुझाब सुनिसकेपछि जस्ताको तस्तै पास गर्नुहुँदैन भन्ने निष्कर्षमा पुगेका छौँ’, गाैतमले भने, ‘सचिवालयका सबैले कार्यदलको प्रतिवेदन सबै अध्ययन गरेपछि ठोस निष्कर्षमा पुग्छौँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org