ताजा समाचार

नेकपा जुम्लाले भन्यो: प्रचण्डमाथि जुत्ता हान्ने विप्लवका कार्यकर्ता हुन, शहीद परिवार पनि होइनन्

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाले एक विज्ञप्ति जारी गर्दै प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवा विप्लव नेकपाका कार्यकर्ता रहेको जनाएको छ ।

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा शहीद परिवारको व्यक्ति नभएको र उनलाई प्रहरीले खोजी गरिरहेको समेत दाबी गरेको छ ।

नेकपा जुम्ला जिल्ला अध्यक्ष विरबहदुर कुँवरले जारी गरेको विज्ञप्तिमा तिरुवा अराजनीतिक कार्यमा संलग्न रहेको भन्दै कडा कारबाही गर्न माग समेत गरेका छन् ।

नेकपा जुम्लाले कडा शब्दमा तिरुवाको विरोध गर्नुका साथै कारबाही गर्न माग गरेको हो ।

तिरुवाले राष्ट्रियसभा गृहमा भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा संबोधन सकेर आफ्नो सिटमा फर्किनै लाग्दा प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org