नेपाल र वेस्ट इन्डिजबीच आजदेखि ऐतिहासिक पाँच खेलको सिरिज
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२० सिरिजको पहिलो खेल शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा सुरु हुनेछ। नेपालको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्ने वेस्ट इन्डिज ‘ए’ टिममा अनुभवी खेलाडी समेटिएका छन्। वेस्ट इन्डिजले नेपालसँगको प्रतिस्पर्धाका लागि ३२ वर्षीय रोस्टन चेसको कप्तानीमा टिम नेपाल पठाएको छ।
कप्तान चेस वेस्ट इन्डिजका अनुभवी खेलाडी हुन्। उनले अहिलेसम्म ४९ टेस्ट खेलिसकेका छन्। ४५ एक दिवसीय खेल खेलेका उनले ११ वटा टी–२० प्रतिस्पर्धामा सहभागिता जनाएका छन्। नेपाल भ्रमणमा कप्तान चेस सबैभन्दा अनुभवी खेलाडी हुन्। उपकप्तान एलिक एथानाजेसमेत अनुभवी खेलाडी हुन्।। उनले ४ टेस्ट र १० एकदिवसीय खेल खेलेका छन्। टोलीमा सन् २०१६ को विश्वकप खेलेका जोनसन चार्ल्ससमेत छन्।
नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीमा कप्तान चेससहित एलिक एथानाजे (उपकप्तान), जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, फबिएन एलेन, कदीम एलियन, जोसुवा विशोप, केसी कार्टी, मार्क दयाल, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स सहभागी छन्।
नेपाल आएका वेस्ट इन्डिजका खेलाडीमा जोनसन शीर्षक्रमका ब्याट्सम्यान हुन्। ओबेद, किमो, ओसान तीव्र गतिका बलर हुन् भने कप्तान चेस अलराउण्डर हुन्। वेस्ट इन्डिज ‘ए’ टिममा आईपिएल खेल्न नगएका र राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका अधिकांश खेलाडी समेटिएका छन्।
आईसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपालले घरेलु मैदानमा दुई पटक विश्वकप जितिसकेको वेस्ट इन्डिज प्रतिस्पर्धा गर्न लागेको हो। क्रिकेट इतिहासमै वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गरेको हो।
नेपाली टिममा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी, लोकेश बम र आकास चन्द छन्। कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग पाँच खेलको सिरिज खेल्नेछ। दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार हुनेछ।
Comments
अरु समाचार
-
२५ एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति...
-
योग साधनाको सुरुवाती भूमि नेपाल हाे : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मानिसको सबैभन्दा महत्वपूर्ण कुरा...
-
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, थारु समुदायले माघी मनाउने
काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर...
-
कुनै दल फुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दल फुटाउने र मिलाउने काम आफ्नो...
-
माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती
कैलाली" पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ...
-
आजदेखि स्वस्थानी व्रतकथा सुरु, यस्तो छ व्रतको महिमा
काठमाडौँ: वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल...
-
फौजदारी न्याय प्रणालीलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार गरियो: महान्यायाधिवक्ता बडाल
काठमाडौं । फौजदारी न्याय प्रणालीलाई थप सुदृढ गर्न विभिन्न नीतिगत सुधार गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले आइतबार...
-
आजको राशिफल: २०८१ पुस २९ गते सोमबार
मेष कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम...
-
कुलमानले विभागीय मन्त्रालयमा ९ बुँदे स्पष्टीकरण पेश गरे
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभागीय मन्त्रालयमा ९ बुँदे स्पष्टीकरण पेश गरेका छन् । ६ पन्ने...